काठमाडौं । बैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
बैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले पाण्डेलाई मंगलबार नियन्त्रणमा लिएको थियो ।
सेवाग्राहीबाट रु ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा खानतलासी गर्दा स्रोत नखुलेको रु ३२ हजार ५५ रुपैयाँ सहित आयोगको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।