Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४० करोड लगानी गर्ने


    मंगलबार, कार्तिक २९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सनकोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेप गर्ने भएको छ । मंगलबार सूचना निकालेर राष्ट्र बैंकले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी बैंक तथा वित्तिय संस्थाहरुलाई १ मंसिर साँझ ७ बजेभित्र प्रस्ताव गर्न भनेको छ ।

    यसैगरी, सबैभन्दा धेरै ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड रुपैयाँ मुद्दती निक्षेप लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । 

    बैंक तथा वित्तिय संस्था सञ्चालनको करिब २ वर्ष पूरा गरेको, पुँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जाभन्दा सापटी कर्जाको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पति  स्वदेशी निक्षेप २० प्रतिशत वा सोभन्दा बढी, कर्जा निक्षेप अनुपात, अघिल्लो वर्षको नाफा, रियल स्टेट कर्जाजस्ता अन्य शर्तहरु पूरा भएका बैंकहरुले पाउने राष्ट्र बैंकले जनाएको हो । 

    यो मुद्दती निक्षेपको अवधि ३६७ दिनको हुनेछ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार