Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाइडेनल —सी भेटवार्ताः बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन्


    मंगलबार, कार्तिक २९ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाली । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन् । उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए ।

    बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरू बीचको यो पहिलो व्यक्तिगत भेट थियो । इन्डोनेसियाको टापुमा भएको जी २०  शिखर सम्मेलनको एक दिनअघि बालीमा भएको वार्तामा दुवैले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गरेका थिए ।

    सीको आगमन लगत्तै एक सुविधा सम्पन्न होटलमा भएको तीन घण्टा लामो भेटमा नेताहरूले ताइवानलगायत विभिन्न विषयमा छलफल गरेका थिए । बेइजिङद्वारा दावी गरिएको  स्वशासित टापुले अमेरिकालाई सहयोगी मान्छ र र यो सधैं अमेरिका–चीन सम्बन्धमा एउटा महत्वपूर्ण मुद्दा भएको छ ।

    अगस्टमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा तनाव बढेको थियो ।चीनले यस टापुको वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो, जसका कारण अमेरिका र चीनबीच सम्भावित द्वन्द्वको डर बढाएको थियो । एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार