Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना


    मंगलबार, कार्तिक २९ २०७९
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।

     राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने ठानिएको छ ।

    बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

    हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार