Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कञ्चनपुरकाट तीन किलो चरेससहित एक जना पक्राउ


    सोमबार, कार्तिक २८ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। कञ्चनपुरमा ३ किलो चरेससहित एक जना समातिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो । 

    कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिड्दै गरेका दार्चुला महाकाली नगरपालीका वडा नम्बर–९ दत्तलेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

    उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार