काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुनको मुल्य प्रति तोला ६ सय रुपैयाँले बढेको हो।
गत शुक्रबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार तोलमा ६ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा भने १३०० रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।