Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • आजको मौसम कस्तो छ ?


    आइतबार, कार्तिक २७ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।आज पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।  प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको  आकलन गरिएको छ ।

    राति गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    सोमबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार