Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआइजी ठाडामगरका बडीगार्ड नै थुनामा


    शनिबार, कार्तिक २६ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पर्सा । बीरगंज भन्सार नजिकै सादा पोशाकमा खटिएका २ जना सशस्त्र प्रहरी पक्राउ परेपछि डीआइजी समेत विवादमा परेका छन् । सशस्त्र प्रहरी मधेश प्रदेश बाहिनी बर्दिबासबाट सादा पोशाकमा खटिएका बरिष्ठ हवल्दार राजु मगरसहित २ जनालाई बिहीबार राति बीरगंज भन्सारस्थित इनर्वामा पक्राउ गरिएको थियो । 

    भारतबाट सामान ओसारपसार गर्ने मदन गुप्ता रुन्चे र इमरानको सामान सिभिलमा खटिएका मगरको टोलीले बरामद गरे । गुप्ताले भन्सारछलीका कपडा ल्याएका थिए भने इमरानले जुत्ता ल्याएका थिए । सादा पोशाकमा रहेको मगरको टोलीले ती सामान समातेपछि भन्सार वरपर रहेका मानिसहरुले सोधीखोजी गर्न थाले । सोधीखोजी गरेपछि विवाद बढ्दै गयो । 

    मधेश प्रदेश बाहिनीका डीआइजी गणेश ठाडामगरले तस्करसँग असुलीका लागि खटाएका उनीहरु सादा पोशाकमा थिए । परिचयपत्र समेत देखाउन सकेनन् । विवाद बढ्दै गएपछि प्रहरीले राजु मगरसहित २ जनालाई बिहीबार राति पक्राउ गरी थुनामा राख्यो । पक्राउ पर्नासाथ डीआइजी ठाडामगरका घुमुवा भएको खुलेको थियो । 

    डीआइजीले भन्सारमा रहेको सशस्त्रको बीओपीका इन्चार्ज रुद्र भट्टलाई फोन गरेपछि उनीहरुलाई थुनामुक्त गरी बीओपीमा ल्याइएको थियो ।  सशस्त्र प्रहरी निरीक्षक भट्ट आफैं गएर उनीहरुलाई ल्याएका थिए । बरिष्ठ हवल्दार राजु मगर डीआइजी ठाडामगर एसएसपी हुँदादेखिक उनका बडीगार्ड हुन् । उनलाई डीआइजी ठाडामगरले विश्वासपात्रका रुपमा घुमुवाको रुपमा समेत अतिरिक्त आम्दानीमा परिचालित गर्दैआएका छन् ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार