Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुखुराको काँचो मासुभित्र राखेर बन्दुक तस्कर गर्ने क्रममा विमानस्थलमा पक्राउ


    शनिबार, कार्तिक २६ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क । संसारभरका अपराधी र तस्करहरूले अवैध सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने अनौठो तरिकाहरू अपनाउछन् भन्ने कुराहरू हामीले बेलाबखत सुन्ने गर्छौं । एक पछिल्लो घटनामा एक यात्रु कुखुराको काँचो मासुभित्र ह्यान्डगन लुकाएर जाँदै गरेर अमेरिकामा विमानमा चढ्न खोज्दा समातिएका छन् ।

    यात्रु विमान चढ्नुअघि फ्लोरिडाको फोर्ट लाउडरडेल–हलिवुड एयरपोर्टमा यातायात सुरक्षा प्रशासन (टीएसए) अधिकारीहरूले समातेका थिए । बन्दुक लोड गरिएको हो वा होइन भन्ने खुल्न सकेको छैन ।

    एक ट्विटर पोस्टमा एजेन्सीले बन्दुकको तस्बिरहरू सेयर गरेको छ । हाते बन्दुक, कागजको प्याकेजिङमा बेरिएको, काँचो कुखुराभित्र देख्न सकिन्छ । अर्को तस्विरमा एयरपोर्ट अफिसरले प्याकेज खोलेर बन्दुक निकालेको देख्न सकिन्छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार