Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ


    शनिबार, कार्तिक २६ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालीका-८ घर धनगढी-१ जोशी टाकिज नजिक कोठा गरी बस्ने २० वर्षीया एलिसा चौधरीको कोठाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका ३ बस्ने २६ वर्षीय बिक्रम चौधरी र वडा नम्बर ४ बस्ने ३८ वर्षीय किसन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

    उनीहरूको साथबाट खैरो हेरोइन ५ ग्राम ३०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार