Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाम लोकतान्त्रिक गठबन्धनलाई:थारुको समर्थन


    शुक्रबार, कार्तिक २५ २०७९
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नेपालगंज ।   आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार तिब्र बनाएर जनताको घर दैलोमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई शुक्रबार बैजनाथ गाउँपालिकाका थारु समुदायले समर्थन गरेका छन् ।

    निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार किशोरसिंह राठाेर, ३ क प्रदेश सभा उम्मेदवार दलबहादुर सुनार, नेपाली काङ्ग्रेस प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार आशा बि क, प्रदेश सभा सदस्य समानुपातिक मुस्लिमतर्फ मोहम्मद नकि खाँ, थारुतर्फ बिनोदकुमार थारु सहित बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थितिमा बृहत् छलफल गरेर बैजनाथका थारु समुदायका बर्घर महेश थारु,फेरम थारु र जागेश्वर थारु लगायतका थारु अगुवाहरुले सम्पुर्ण थारु जनजातिहरुको मुद्वा र सहिद बैजनाथ थारुको सपना साकार गर्ने बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाईले मत दिने प्रतिबद्धता जनाएका छन् ।

    बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बैजनाथ ७ पेडारीका थारु अगुवा बर्घरहरुले साथ सहयोग गर्ने प्रतिबद्धता जनाएको समानुपातिक प्रदेश सभा सदस्य नेपाली काङ्ग्रेस जिल्ला सचिव बिनोदकुमार थारुले जानकारी दिए । प्रदेश सभा सदस्य पदका उम्मेदवार दलबहादुर सुनारले नेपालको संबिधान २०७२ को रक्षा प्रतिगमन विरुद्ध गठबन्धन भएको बताउनुका साथै बैजनाथ थारु लगायत सम्पुर्ण बैजनाथका सहित बेपत्ता तथा घाईते अपाङ्ग सबैको हितको लागि आफू सधैं लागि पर्ने सुनारले प्रतिबद्धता जाहेर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार