Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोरङ ३ प्रदेशसभा ‘क’ : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने


    शुक्रबार, कार्तिक २५ २०७९
    430
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

    ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए । कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।  कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी उम्मेदवारको मनोयन पुरानै कायम गरिएको छ ।

    आयोगका अनुसार उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपरान्ह ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई आजैअपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार