Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरेन्द्रनगरमा १० अपांगमैत्री मतदान केन्द्र


    शुक्रबार, कार्तिक २५ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा १० वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ । 

    वीरेन्द्रनगर  नगरपालिकाका १० वटा निर्वाचन केन्द्रलाई अपांग महासंघको समन्वयमा अपांगमैत्री बनाइने भएको हो ।

    दृष्टिविहीन, शारीरिक अपांगता भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था हुने कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए  । 

    जननमुना माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत मावि, अमरज्योति मावि, भैरव मावि, सिद्ध बहिरा स्कुललगायतका केन्द्रलाई अपाङ्गतामैत्री बनाइने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार