Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ११ हजार कर्मचारी कटौती गरेपछि जुकरबर्गले मागे माफी


    बिहिबार, कार्तिक २४ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • न्युयोर्क । फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले  ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् ।  मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।

    ‘मलाई थाहा छ यो सबैका लागि कठिन छ । म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु– प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखे ।

    जुकरबर्गले महामारीको समयमा फर्मको राजस्वमा भएको बृद्धिको आधारमा बृद्धिको लागि ठूलो दीर्घकालीन अपेक्षाहरूलाई दोष दिए । ‘धेरै व्यक्तिहरूले यो स्थायी गति हुने भविष्यवाणी गरेका थिए’ उनले लेखे, ‘मैले पनि गरें, त्यसैले मैले महत्वपूर्ण रूपमा हाम्रो लगानी वृद्धि गर्ने निर्णय गरें ।’ बरु उनले “बृहत् आर्थिक मन्दी“ र “बढ्दो प्रतिस्पर्धा“ ले राजस्व अपेक्षा भन्दा धेरै कम भएको बताए । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार