Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दियो, दुई जनाको मृत्यु


    बिहिबार, कार्तिक २४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसुन्धरामा बुधबार ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

    पोखराका बेलबहादुर रानामगर र कल्पना रानामगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल लगिएकामा ज्यान गएको हो । 

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार  ट्रक चालक चितवनका राम हमाल पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार