Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनका राष्ट्रपति सी जिनपिङले सेनालाई भने – युद्धको लागि तयार रहनुहोस्


    बिहिबार, कार्तिक २४ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन् । उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न   तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न आदेश दिएका छन् । 

    ६९ वर्षीय सी तेस्रो पाँच वर्षे कार्यकालका लागि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिव र केन्द्रीय सैन्य आयोग (सीएमसी) को प्रमुख र पीपुल्स लिबरेसन आर्मी (पीएलए) को समग्र उच्च कमाण्डरका रूपमा पुनः नियुक्त भएका छन् ।

    पार्टीको प्रमुख, सेना र राष्ट्रपतिको तीन शक्तिशाली पदहरू धारण गर्ने  पार्टीका संस्थापक माओत्सेतुङपछि  सी एक मात्र नेता हुन् जसले १० वर्षे कार्यकाल पूरा गरेपछि पनि सत्तामा छन् ।  जबकि उनका सबै पूर्ववर्तीहरूले अवकाश लिएका थिए ।

    मंगलबार सीले सीपीसी केन्द्रीय समिति र सीएमसीको रणनीतिक कमाण्डलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्ने सीएमसीको संयुक्त परिचालन कमाण्ड सेन्टरको निरीक्षण गरे ।  कमाण्ड सेन्टरमा पुगेपछि चिनियाँ नेतालाई ब्रीफिङ दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार