Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि ओरालो लाग्यो सेयर बजार 


    बुधबार, कार्तिक २३ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। आज बुधबार नेप्से परिसुचक उच्च अङ्कले घटेर राताम्मै भएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार सेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अङ्कले घटेर १ हजार ९ सय १७ दशमलव २२ विन्दुमा बन्द भएको छ । जसअनुसार सेयर बजारमा २ प्रतिशतले गिरावट आएको हो । आज  १८५ कम्पनीहरूको कारोबार हुँदा जम्मा ४ वटा कम्पनीकाे सेयर वृद्धि भएको छ भने बाँकी १८१ कम्पनी घाटामा गएको नेप्सेले जनाएको छ ।

    बुधबार ३६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार बढीको कारोबार भएको छ । यस्तै, माथिल्लो हेवाखोला जलविद्युत आयोजना २७ अंक, नविल ब्यालेन्स फण्ड ०.३३ अंकले मात्र वृद्धि भएको छ ।

    साथै, समृद्ध लघुवित्त वित्तिय संस्था ६ करोड ७८ लाख २७ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको र शिभव् सिमेन्टमा भने ६ करोड ८ लाख ४९ हजार ३१९ रुपैयाँको कारोबार भएको छ ।

    आज समग्रमा सबै उपसुचक राताम्मै भएको छ । माइक्रो फाइनान्स ११९.४६, जीवन बिमा १९९.९५, विकास बैंक ११०.९७, हाइड्रो पावर ५३.०६, होटल तथा पर्यटन ५६.११, अन्य ३४.५५ ले घटेको छ । त्यस्ते बैंकिङ १४.०४, ट्रेडिङ १७.६८, फाइनान्स ७७.६८, निर्जीवन बिमा १४४.३६ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार