Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट ६ जनाको मृत्यु


    बुधबार, कार्तिक २३ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । डोटी केन्द्रविन्दु भएर हिजो  राति भूकम्प गएको छ । 

    मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहराको ज्यान गएको छ । भूकम्पले घर भत्किँदा मानवीय क्षति भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।डोटीमा मंगलबार राति पनि भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार