Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना


    बुधबार, कार्तिक २३ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने ती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    बिहीबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार