Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान


    मंगलबार, कार्तिक २२ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक ¥यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन् ।

    पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले ।  बायाँ खुट्टामा केही छर्राहरू थिए जुन उनीहरूले भित्र छोडेका थिए । ’

    आफूविरुद्धको हत्याको सम्पूर्ण षड्यन्त्र दुई महिनाअघि  गरिएको उनले दाबी गरे । 

    आफूले गुप्तचर निकायबाट सूचना प्राप्त गरेको उनले बताए । ‘सम्झनुहोस् म साढे तीन वर्ष सत्तामा थिएँ ।  मेरो गुप्तचर एजेन्सी र विभिन्न एजेन्सीहरू सञ्चालन गर्नेहरूसँग सम्पर्क छ’, उनले भने ।एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार