Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार


    मंगलबार, कार्तिक २२ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा।प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका-१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो भने पक्राउ परेको हुन् । बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

    उनीहरूले बोकेर ल्याएको तीन वटा बोरामा क्रमश ७, ७ र ११ किलो गरी २५ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार