Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः हिटलरको हत्या प्रयासदेखि थाइल्यान्डमा कु


    मंगलबार, कार्तिक २२ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
     

    थाइल्यान्डमा कू
    कम्युनिस्टहरुको प्रभाव बढेको भन्दै थाइल्यान्डमा सन् १९७१ मा फिल्ड मार्शल थानोम किट्टीकाचोर्नले आफ्नै सरकारबिरुद्ध कू गरेका थिए ।

    हिटलरको हत्या प्रयास
    सन् १९३९ मा जर्मनीका सिकर्मी जोहान जर्ज इल्सरले एडोफ हिट्लर र नाजी पार्टीका अन्य उच्च पदस्थ अधिकारीहरुलाई हत्या प्रयास गरेका थिए । इल्सरले एउटा कार्यक्रममा हिटलरसहित सबै जना सहभागी भएका बेला एउटा शक्तिशाली टाइम बम बिस्फोट गराएका थिए । उनलाई पाँच वर्ष जेल सजाय तोकिएको थियो।

    एक्सरे पत्ता लगाउने पहिलो व्यक्ति
    जर्मनीका भौतिक शास्त्री विलहेल्म कोनराड रोयन्टजेनले अकस्मात एक्सरे पत्ता लगाएका थिए । सोही आविश्कारका लागि उनलाई सन् १९०१ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

    हिटलरको असफल सत्तापलट प्रयास
    सन् १९२३ मा आजकै दिन बर्लिनतर्फ विशाल ह्यालीसहित मार्च गरेका एडोल्फ हिटलर र नाजी पार्टीका अन्य सदस्यहरुले सरकार ढाल्ने असफल प्रयास गरेका थिए । उनीहरुले म्युनिखबाट मार्च सुरु गरेका थिए । कु प्रयास असफलपछि हिटलरलाई पक्राउ गरी कैद गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार