Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गायक कृष्ण बिकको गीत ‘रानी माया’ को मन्त्री श्रेष्ठ र अभिनेता हमालले गरे सार्वजनिक


    सोमबार, कार्तिक २१ २०७९
    500
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् । श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् गायक कृष्णकै छ । 

    काठमाडौंमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवापुस्ताले नेपाली कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 

    ‘गीतसंगीतको माध्यमले नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ । यो गीतमा पनि प्रयोग भएका दृश्यले पक्कै लोभ्याउँछ । हामी पनि यस्ता गीतसंगीत प्रति सकारात्मक छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘चुनावी चटारोकै बीच म युवालाई हौसला मिलोस् भनेर नै यहाँ आएको हुँ । आउँदो दिनमा मन्त्रालयले समेत सहकार्य गर्नेछ ।’

    अभिनेता राजेश हमालले भिडियो आकर्षक बनेको प्रतिक्रिया दिँदै तारिफ गरे । ‘गीतको भिडियो निर्माणमा गरिएको मेहनत देखिन्छ । विना सम्झौता प्रोजेक्टलाई स्तरीय बनाउनु हामी कलाकारहरूको लागि झनै राम्रो हो । उहाँहरूसँग मैले काम गरिसकेको छु । यसले पनि दर्शकको माया पाउनेमा विश्वत छु,’ हमालले भने । 

    गायक कृष्णले गीतसंगीत स्तरीय बनाउने आफ्नो चाहना रहेको बताए । ‘यो मेरो दोस्रो प्रयास हो । अडियो र भिडियोलाई बलियो बनाउने कोसिस गरेको छु । गायनसँगै अभिनय गर्दा रमाइलो भयो,’ गायक कृष्णले भने । गीतमा फिचर्ड मोडल अनु आचार्यले भिडियोमा गरिएको मेहनत पर्दामा देख्दा भुलेको बताइन् । गीतमा स्वयं गायक कृष्णले अनु आचार्यसँग अभिनय गरेका छन् । 

    निर्देशक जीबीले भिडियोलाई स्तरीय बनाउन निकै मेहनत गरेको बताए । ‘गीतलाई हेर्दा पनि उत्तिकै आन्द अओस् भनेर सकेको मेहनत गरेका छौँ । गीतमा सामान्य युवा र राजकुमारीको प्रेमलाई देखाउन खोजिएको छ । गीतले दर्शक र श्रोताको मन जित्नेमा विश्वस्त छु,’ निर्देशक जीबीले भने । सार्वजनिक भिडियो गीत नेपाल नामक युट्युब च्यानलमा उपलब्ध छ । कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र पत्रकार संघका कोषाध्यक्ष प्रदीप कार्कीलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार