Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


    आइतबार, कार्तिक २० २०७९
    990
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेकोछ अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा छ। शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९२ पैसा रहेको थियो।

    युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८३ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८४ रुपैयाँ छ।

    क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९२ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९३ रुपैयाँ ३६ पैसा तोकिएको छ।

    त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९४ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ १३ पैसा र बिक्रीदर १८ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ३० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा रहेको छ।

    Screenshot (136).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार