Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


    शुक्रबार, कार्तिक १८ २०७९
    615
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गर्दै अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९२ पैसा छ। बिहिबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७६ पैसा छ।

    युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८३ रुपैयाँ १४ पैसा र बिक्रीमा ८३ रुपैयाँ ५१ पैसा छ।
    क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ ०४ पैसा र बिक्रीमा ९३ रुपैयाँ ४६ पैसा तोकिएको छ।

    त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९६ पैसा, चाइनिज येन एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ५० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ। 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार