Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


    शुक्रबार, कार्तिक १८ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।

    महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार