काठमाडौं। शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ । यहि १५ कात्तिकदेखि देशव्यापीरूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागू हुने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत उपभोक्ताले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५०० देखि १० हजार रुपैयाँसम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अंक उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाख रुपैयाँसम्म नगद प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । ४३ ग्रेड ओ.पि.सी, ५३ ग्रेड ओ.पि.सी, पि.एस.सी र ५३ ग्रेड पि.पि.सी सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रियस्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी द बेस्ट सिमेन्ट उत्पादन गर्दै आएको छ ।