काठमाडौँ। पछिल्लो समय घातक रुपमा फैलिरहेको डेंगु संक्रमणका कारण २२ वर्षीय पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारीलाई डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो ।
थप उपचारका लागि उनलाई बुधबार बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसी) पुर्याइएकोमा उपचारकै क्रममा उनको निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।