Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच महिनामै किन फेरिए राजस्वका महानिर्देशक ?


    बुधबार, कार्तिक १६ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीको साढे ५ महिनामै सरुवा भएको छ । तिहारलगत्तै विभागका महानिर्देशक अधिकारीको सरुवा भएको हो । निर्वाचन आचारसंहिता लागू भएको अवस्था भए पनि निर्वाचन आयोगसँग सहमति लिएर उनको सरुवा गरिएको विभागकै एक अधिकारीले जानकारी दिएका छन् ।

    राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रधानमन्त्री कार्यालयका सहसचिव मदन दाहालको सरुवा भएको छ । दाहाल प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुखमा कार्यरत रहेका छन् । महानिर्देशक अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । महानिर्देशक अधिकारीको सरुवा भए पनि उनले रमाना नलिइसकेकाले दाहाल बिभागमा हाजिर भने भएका छैनन् । 

    २०७९ असार १ गते विभागको महानिर्देशकमा सरुवा भएका अधिकारीले राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप छ । अवैध बिटक्वाइन९क्रिप्टोकरेन्सी० कारोबार र हाइफर फण्ड जस्ता नेटवर्किङ बिजनेशदेखि तस्करी नियन्त्रणमा महानिर्देशक अधिकारीले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप छ । क्रिप्टोकरेन्सी र हाइपर फण्डमा अरबौंको कारोबार भइरहेको छ । 

    क्रिप्टो करेन्सी ९भर्चुअल मुद्रा० को कारोबारका बारेमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको बेला गएको असार १ गते महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको थियो ।   

    ५ अर्ब रुपैयाँको अबैध क्रिप्टो कारोबारको अनुसन्धान गरिरहेको बेला पौडेलको गएको सरुवा भएको थियो । पौडेलले छोटो समयमा ४९ करोड बराबरको कारोबार गरेको मुद्दा समेत अदालतमा दायर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार