Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः म्यासट्रिट सन्धि कार्यान्वयनदेखि रसियाका अन्तिम शासक


    मंगलबार, कार्तिक १५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विश्वमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्पूर्ण घटनाः

    म्यास्ट्रिट सन्धि कार्यान्वयन

    सन् १९९९मा म्यासट्रिट सन्धी कार्यान्वयनमा आएको थियो । सो सन्धीले युरोपेली मुलुकमा युरोलाई साझा मुद्रा अंगीकार गरेको थियो ।

    अमेरिकी विमानमा बिस्फोट

    सन् १९५५ मा अमेरिकी एयरलाइन्सको फ्लाईट ६२९ मा एउटा शक्तिशाली बम बिस्फोट भएको थियो । लगेजभित्र लुकाएर राखिएको सो टाइम बम बिस्फोट हुँदा चालक दलका सदस्यसहित यात्रामा सबार सबै जनाको मृत्यु भएको थियो ।

    अमेरिकाद्वारा हाइड्रोजन बम परीक्षण

    सन् १९५२ मा अमेरिकाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको थियो । अपरेसन इभिको एक महत्वपूर्ण अंशअन्तर्गत मार्शल टापुमा सो बम परीक्षण गरिएको थियो ।

    पहिलो पटक विमानबाट बम खसालियो

    सन् १९११ अगाडि अज्ञात बेलुन प्रयोग गरेर झारिने गरिन्थ्यो । तर १ नोभेम्बर १९११ देखि इटालीले विमानबाट नै पहिलो बम खसालेको थियो । इटाली र टर्कीको युद्धमा सो बम खसालिएको थियो ।

    रसियाका अन्तिम सम्राट

    सन् १८९४ मा निकोलस द्दितीय रसियाको अन्तिम सम्राट बनेका थिए । आफ्ना बाबु अलेक्जेन्डर तृतीयको मृत्युपछि निकोलस सम्राट बनेका थिए । रसियाको क्रान्तिपछि सन् १९१७ मा निकोलसले राजगद्दी त्याग्न बाध्य भएका थिए । एक बर्षपछि परिवारसहित उनको हत्या भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार