Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापानमा गुञ्जिँदै सुगम, मेलिना र सुनिल


    आइतबार, कार्तिक १३ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। अंग्रेजी नयाँ वर्षको अवसर पारेर जापानमा आयोजना हुन लागेको ‘नयाँ वर्ष धमाका’ मा गायकद्वय सुगम पोखरेल र सुनिल सिंह ठकुरी तथा गायिका मेलिना राई गुञ्जिने भएका छन् ।

    कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले लाइफ फर फ्रेण्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रमा जापानका विभिन्न ६ शहरमा हुनेछन् ।

    कार्यक्रम डिसेम्बर २५ का दिन टोकियोको रोपंगी जेस नाइटमा हुनेछ । टोकियोपछि ओशाका, नागोया, फुकोउका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका सहरमा हुनेछन् ।

    आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ । लामो समयदेखि जापान बस्दै आएका शाहको समूहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरी सकेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार