Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना, पाँच जनाको मृत्यु


    आइतबार, कार्तिक १३ २०७९
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ । 

    पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ ।

    प्रहरीका अनुसार २५ जना घाइते भएका छन् ।

    दुर्घटना बिहान ४ बजे भएको हो । घाइतेको उद्धार भइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार