काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले बिरोधका कार्यक्रम घोषणा गरेका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा 9माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा बिरोधको कार्यक्रम घोषणा गरेका हुन् ।
बिरोधको कार्यक्रमहरुमा असोज ६ गते देशभरका सम्पूर्ण जिल्लामा संयुक्त बिरोध प्रदर्शन गर्ने, ६ गते नै माईतीघर मण्डलामा बिहान ९ बजे कार्टुन प्रदर्शनी तथा संयुक्त बिरोध प्रदर्शन गर्ने र असोज ७ गते बिहान ११ बजे सडक वहस कार्यक्रम गरिने जनाइएको छ । विद्यार्थी संगठनहरुले राष्ट्रपतिले कुनै दलको स्वार्थ र इशारामा नागरिकता विधेयकलाई प्रमाणिकरण नगरी विफल तुल्याएको आरोप लगाएका छन् ।
त्यस्तै राष्ट्रपतिको कदमलाई असंवैधानिक कदमको संज्ञा दिँदै राष्ट्र, राष्ट्रियता, नेपाली नागरिक र व्यवस्था माथि प्रहार गरिएको उल्लेख गरेका छन् ।
पत्रकार सम्मेलनमा आ–आफ्नो मन्तव्य राख्दै विद्यार्थी नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग पनि गरेका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend