काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको केन्द्रीय समिति पुनर्गठन गरिएको छ ।
सोमबार काठमाण्डौको सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमबाट अर्जुन लम्सालको अध्यक्षतामा समिति घोषणा गरिएको हो ।
समितिको उपाध्यक्षमा विन्देश्वर राय यादव, प्रेम भुजेल, नवराज लिम्बु, सोनाम लामा, सुरेश मोक्तान, पूर्ण मोक्तान, राम विलास यादव, बलराम चौधरी र यज्ञ राई रहेका छन् भने महासंघको महासचिवमा दयाराम राई छन् ।
महासंघको उपमहासचिवहरुमा हरिश दाहाल, विमला घिमीरे, टेक बहादुर मानन्धर, इन्दु कुमारी शाह, झलक पौडेल, उदय चन्द्र मिश्र, गोविन्द तामाङ, सचिवहरुमा कुवेर तिमल्सीना, नसरुल मिया, कल्पना राई, सुरज गनगाई, साकी शेर्पा, विजय घिसीङ, लाले कुमाल, भिम मगराती, जिमी यादव, जगदिश काफ्ले, कोषाध्यक्ष चन्द्र प्रसाद लम्साल र सह कोषाध्यक्षहरुमा किशोर राई, मिनाक्षी पाण्डे, किर्तिमान मगर, सोनाम याङ्जी शेर्पा र सुष्मा थाम्सुहाङ राई रहेका छन् ।
महासंघले संगठनको प्रवक्ताका रुपमा गोपाल राई र कार्यालय सचिवको रुपमा ऋषिराम ढुंगाना, साकी शेर्पा, रामजुलुम शर्मालाई जिम्मेवारी दिएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् ट्रेड युनियन महासंघ संयन्त्रका समेत प्रमुख रणध्वज कन्दङ्वा, राजनीतिक समिति सदस्यहरु प्रेमनारायण थापा, राजन केसी, केन्द्रीय सदस्य जोगीलाल यादव, सन्तोष सिलवाल लगायतका श्रमिक नेता कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend