Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिट बाँडफाँटका लागि बसेको गठबन्धन दलको बैठक बिना निष्कर्ष सकियो


    मंगलबार, असोज ४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिट बाँडफाँटका लागि बसेको सत्तारुढ  गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । बैठक फेरी बेलुका ४ बजे बस्ने स्रोतले जनाएको छ । प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदलको बैठक करिब २ घण्टा बालुवाटारमा  बसेको थियो ।

    बिहान बसेको  बैठकमा सिटबारे सामान्य छलफल भएको र साँझ बस्ने बैठकमा ठोस छलफल हुने जनाइएको छ । सोमबार समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएका गठबन्धन आज प्रत्यक्षतर्फ सिट मिलाउन छलफलमा जुटेका हुन् ।

    पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधी सभाको चुनावमा तालमेल गर्न नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार