Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिकता विधेयक प्रमाणीकरण नहुँदा संसदीय मर्यादाको खिल्ली उड्यो : उपेन्द्र यादव


    शनिबार, असोज १ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संसदीय मर्यादाको खिल्ली उडेको बताएका छन् ।

     आज शनिबार प्रतिनिधिसभा बैठकमा उनले पहिले सोही अध्यादेश एकैछिनमा प्रमाणीकरण गरेको तर संसद्बाट दुई पटक विधेयक पारित गर्दा समेत प्रमाणीकरण नगरेको भन्दै असन्तुष्टि जनाए ।
    संघीय संसदको दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकता सम्बन्धि विधेयकले स्वतहः ऐनको रुप लिने दावी गर्दै  उनले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु नमिल्ने तर्क समेत गरे । उनले भने , ‘कुनै पनि पार्लियामेन्टले दोहो¥याएर पारित गरेपछि त्यो स्वतहः ऐनको रुपमा लिन्छ । यसले संसदीय मर्यादाकै खिल्ली उडेको छ । संसदले पारित गरिसकेपछि तिनलाई प्रमाणिकरणबाट रोक्न मिल्दैन । यदि त्यसो गर्ने हो भने संसदले पारित गर्दै जाने तर त्यो प्रमाणिकरण नहुने हो भने के हाल हुन्छ, लोकतन्त्रको, संघीय व्यवस्थाको रु त्यसकारणले म भन्छु–संघीय व्यवस्था, संसदीय लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रनै खतरामा पर्न गएको छ । धरापमा पर्न जाँदैछ । यसका संकेतहरु देखिएका छन । यसप्रति सचेत रहन जरुरी छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार