Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • गठबन्धनले देशलाई ओरालोतिर लग्योः अध्यक्ष ओली


    शनिबार, असोज १ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् । 

     आज शनिवार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले  यस्तो बताएका हुन् । उनले अहिले देश अफठयारो स्थितिबाट आरोलो लागिरहेको बताए । अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढने बताए ।  उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाले गर्ने बताए ।  ओलीले अहिले देशलाई, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु नहुने बताए । उनले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने बताए। उनले लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढन आग्रहसमेत गरे ।

    ओलीले भने, ‘अब हामी देशलाई अहिलेको जस्तो अफठयारो स्थितिबाट ओरालो लागेको स्थितिबाट, देशलाई गठबन्धनले ओरालोतिर लगिरहेको छ । यस ओरालो गतिलाई रोकेर देशलाई अघि बढाउने माथि चढाउने, राजनीति हिसावले, लोकतन्त्रको अभ्यासको हिसावले संविधान कार्यान्वयनको हिसावले, शान्ति सुव्यवस्थाको हिसावले, भ्रष्टाचार नियन्त्रणको हिसावले, सुशासनको हिसावले, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढनेछौँ । प्रभावकारी ढंगले अघि बढनेछौँ । यसको फैसलाका लागि संघीय संसदको प्रतिनिधि सभाको निर्वाचन र प्रदेशहरुको, सातै प्रदेशको निर्वाचन भइरहेको छ ।

    यतिबेला देशलाई हार्न दिनु हुँदैन, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एकछिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ । लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले चलाउने हो भन्ने अभियानका साथ अघि बढन आग्रह गर्दछु । नेपाल नेपाली जनाले चलाउने हो, अरु कसैले होइन । संविधान दिवसलाई एउटा राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्छ । नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता हार्नु हुँदैन, विकासको अभियान हार्नु हुँदैन । यसका लागि सक्रिय भएर लाग्न आग्रह गर्दछु ।’
     ओलीले  संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताए ।

    संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन (पदयात्रा) शुरु गरेको हो । पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    pad yatra.jpeg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार