Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो भएन : माधवकुमार नेपाल


    शुक्रबार, भाद्र ३१ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो नभएको बताएका छन् । 

    आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताएका हुन् । उनले केही नेताहरुको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको बताए। अध्यक्ष नेपालले राष्ट्रको विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षको कार्यकाल राम्रो नभएको बताए। उनल देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडी नबढ्नुले आफू चिन्तित रहेको पनि बताए।

    यथास्थितिमा देशलाई अगाडी बढाउन नसकिने भन्दै अध्यक्ष नेपालले विचार र कार्यशैलीमा रुपान्तरणको आवश्यकता रहेको बताए। उनले भने – ‘राष्ट्रको विकासको हिसावले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन ।

    राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्वन गर्नुपर्ने कुरा हो  त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित  र दोस्रो, देशको विकासको सन्दर्भमा जुन दूरदृष्टि राखेर समग्र विकासको कामलाई अघि बढाउने कुरा हो त्यो पनि नभएको देख्दा म सन्तुष्ट छैन । यो मुलुकमा विचारमा, कार्यशैलीमा पुनर्गठनको, रुपान्तरणको आवश्यकता छ । यो देशलाई यही पाराले, यथास्थितिको हिसावले अनि गफको हिसावले अगाडी बढाएर लान सकिँदैन । अराजनीतिक चिन्तनले पनि केही गर्नेवाला छैन । चिन्तन राजनीतिक हुनुप¥यो ।’

    अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशत भन्दा बढी सिटमा सहमति भइसकेको बताए । उनले ठूला पार्टीहरुले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार