काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाइ गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गरेको हो ।
शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिएको उनले बताए । त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको उल्लेख गरे ।
अध्यक्ष ओलीले नयाँ उम्मेदवार र उत्साहका साथ एमालेलाई वहुमत दिलाउनेगरी निर्वाचनमा खट्न नेताहरुलाई आग्रह गरे । संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भने – ‘आज हामीले संसदको अन्तिम क्षणमा हाम्रो दलका नेता अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दलको बैठक बसेर हामीले प्रतिनिधि सभाका सांसदहरुलाई यहाँबाट बिदाई गरेका छौँ ।
पार्टी अध्यक्षले, हामीले सरकारमा बसेका बेलामा गरेका कामहरुको फेहरिस्त बोकेर, त्यसैगरी यो १४ महिनाको अवधिमा गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुलाई लिएर नयाँ घोषणापत्र, नयाँ उम्मेदवारका साथ, नयाँ उत्साहका साथ जनताको बीचमा जान र शानदार तरिकाले नेकपा (एमाले) लाई बहुमत प्राप्त गर्नेगरी चुनाव जिताउनका लागि सबैलाई अनुरोध गरेर आजको बैठक समापन भयो । आज संसदीय दलका नेताले हाम्रा प्रतिनिधि सभाका सबै सांसदहरुलाई बिदाई पनि गरे । र उनले धन्यवाद दिए । हामीले संसदमा जे जस्तो भुमिका निर्वाह ग¥यौँ ।
सत्तामा बस्दा होस् । बाहिर बस्दा होस् । हामीले निर्वाह गरेको भुमिकाका लागि सबैलाई धन्यवाद पनि दिए र सबैलाई अब दत्तचित्त भएर सन्निकट निर्वाचनमा नेकपा (एमाले) लाई वहुमत दिलाउनका लागि सशक्त भुमिकाका साथ अगाडी बढ्न उनले निर्देशन दिए ।
अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भुमिकाप्रति सांसदहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend