Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • विप्लव समूहका नेता-कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय स्वागतयोग्य :प्रवक्ता प्रकाण्ड


    बिहिबार, भाद्र ३० २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द विप्लव  समूह नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा  फिर्ता लिने सरकारको   निर्णय स्वागतयोग्य भएको बताएका छन् । ।

    नेकपा प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले बिहीबार विज्ञप्ति निकालेर आफ्ना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको २७ भदौको निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

    गत ६ साउनमा ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव, प्रवत्ता प्रकाण्डलगायतका नेता र कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको थियो । तर, चार दिनअघि २७ भदौ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्ना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको नेकपाले दाबी गरेको हो ।

    यस्तो  छ नेकपा प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले  जारी गरेको बिज्ञप्ति 

     

    Screenshot (213).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार