काठमाडौँ । नेपालसँगका नाका सञ्चालन गर्न चीन तयार भएको छ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन् ।
राष्ट्रपति भण्डारीका प्रेसविज्ञ टीका ढकालका अनुसार अध्यक्ष लीले राष्ट्रपति भण्डारीसमक्ष आफूले नाकाहरु सञ्चालनका लागि उपप्रधानमन्त्री र यो क्षेत्रको क्षेत्रीय व्यापार हेर्ने अधिकारिसँग कुराकानी गरिसकेको जानकारी दिए । अध्यक्ष लीले भने, ‘आजै कुराकानी गरेको हो । तत्कालै नाकाहरु सुचारु हुन्छन् । त्यस बारेमा हाम्रो राजदूत (होउ यान्छी) ले नेपाल सरकारलाई जानकारी दिनेछिन् ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई नेपाल(चीनबीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लानका लागि आग्रह गरेकी छन् । शीतल निवासमा बुधबार आयोजित शिष्टाचार भेटवार्तामा आएका अध्यक्ष लीलाई राष्ट्रपति भण्डारीले दुई मुलुक बीच हालसालै भएका सम्झौताहरुलाई कार्यान्वयनमा लगे नेपालको विकासमा टेवा पुग्ने पनि बताएकी हुन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend