Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार


    बुधबार, भाद्र २९ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपालसँगका नाका सञ्चालन गर्न चीन तयार भएको छ ।  चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज  बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन् ।

    राष्ट्रपति भण्डारीका प्रेसविज्ञ टीका ढकालका अनुसार अध्यक्ष लीले राष्ट्रपति भण्डारीसमक्ष आफूले नाकाहरु सञ्चालनका लागि उपप्रधानमन्त्री र यो क्षेत्रको क्षेत्रीय व्यापार हेर्ने अधिकारिसँग कुराकानी गरिसकेको जानकारी दिए । अध्यक्ष लीले भने, ‘आजै कुराकानी गरेको हो । तत्कालै नाकाहरु सुचारु हुन्छन् । त्यस बारेमा हाम्रो राजदूत (होउ यान्छी) ले नेपाल सरकारलाई जानकारी दिनेछिन् ।’

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई नेपाल(चीनबीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लानका लागि आग्रह गरेकी छन् । शीतल निवासमा बुधबार आयोजित शिष्टाचार भेटवार्तामा आएका अध्यक्ष लीलाई राष्ट्रपति भण्डारीले दुई मुलुक बीच हालसालै भएका सम्झौताहरुलाई कार्यान्वयनमा लगे नेपालको विकासमा टेवा पुग्ने पनि बताएकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार