Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रचण्ड र अमेरिकी राजदूत बेरीको बिदाइ भेटवार्ता


    बुधबार, भाद्र २९ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका  अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत र्‍यान्डी बेरीले  भेटवार्ता गरेका छन् । 

     आज बुधबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा  राजदूत बेरीले बिदाई भेटवार्ता गरेका हुन् ।भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन समेत गरेका थिए ।

    नेपालका लागि अमेरिकी राजदूतमा डीन थम्पसन सिफारिस भइसकेका छन् । राष्ट्रपति जो वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका थम्पसनलाई नेपालको नयाँ राजदूतमा प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ । उनी एसियाली मामिलाका विज्ञ समेत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार