Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनया नेता लीको नेपाल भ्रमणको तेस्रो दिन : आज उपत्यकाका यी स्थानमा सवारी आवागमन प्रभावित हुने


    बुधबार, भाद्र २९ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुको नृेपाल भ्रमणको आज तस्रो दिन  हो ।  चान्सुको  आज को घुमफिर र भेटघाटको कार्यतालिका अनुसार उपत्यकाको सवारी आवागमन दिनभरजसो प्रभावित हुने भएको छ ।

    नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै छन्। त्यसअघि बिहान उनी भक्तपुर घुम्न जाने कार्यक्रम छ । चान्सु  भक्तपुर जाने र फर्केर आएपछि दिउँसो ४ बजे राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतलिका रहेको छ  । गत सोमबार आफनो टोलीसहित काठमाडौंमा आइपुगेका अध्यक्ष ली चान्सुले मंगलबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतसँग भेटवार्ता गरिसकेका छन् ।

    आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडियो कार्यालय देखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार