Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ राष्ट्रिय जनकांग्रेसका नेता चान्सुले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै


    बुधबार, भाद्र २९ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले  आज (बुधबार)  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।ली चान्सु चार दिने भ्रमणका लागि सोमबार नेपाल आएदेखि नै  उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त  छन् ।

     लीले  यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । हिजै उनले पूर्व प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । लीले हिजै परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।
    यस्तै लीले सोमबार नै सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनासँग द्विपक्षीय वार्ता गरेका थिए । आजै नेता लीले भक्तपुरका पर्यटकीयस्थलको भ्रमण गर्ने समेत कार्यक्रम रहेको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ । मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार