काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं बार्षिक बैठकमा सहभागी हुने भएका छन् ।
गत भदौं २१ गते बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनएकीकरणसम्बन्धी आयोजना संचालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको बताए ।
त्यसैगरी निजीकरण समितिको सदस्यमा नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसी र नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णलाल महर्जनलाई मनोनीत गर्ने निर्णय पनि गरिएको छ ।
मन्त्री कार्कीका अनुसार सरकारले नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि वार्ताटोली पनि गठन गरेको छ । मन्त्री कार्कीले भने–‘२०७९ साल भदौं २७ देखि २८ गतेसम्म सिंगापुरमा आयोजना हुने सफ्ट इन्टरपोल काउन्टेवल इन्गेजमेन्ट कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवलाई सहभागी हुन स्वीकृति दिने ।
भुटानमा आगामी कार्तिक १८ देखि २१ गतेसम्म आयोजना हुने जेन्डर इक्वालिटी सोसल इन्क्लूजन फ्रेमवर्क विषयमा सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सिंहलाई स्वीकृति प्रदान गर्ने, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई २०७९ भदौ २० गतेदेखि २३ गतेसम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृति दिने निर्णय गरेको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend