काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । गाई चिह्न नदिएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आक्रोस प्रकट गरेका छन् । सामाजिक संजालमा उनले अदालतको फैसला दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् । कमल थापाले चलखेल, दबाब र ‘सेटिङ’ ले संवैधानिक अंगहरुलाई प्रभावित गर्छन् भन्ने उदाहरण गाई चिह्न खारेज गर्ने फैसलालाई लिएको उल्लेख गरेका छन् ।
थापाले लेखेका छन्–अदालतको फैसला शिरोधार्य छ ।
तर,गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदरगर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल, दवाव र ‘सेटिङ’ ले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला ।
कुन कानुनमा टेकेर सर्वोच्च अदालतको आफ्नै दुई अन्तरिम आदेश उल्टाउने काम न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले गर्यो, यसको जवाफ उहाँहरुले दिनुपर्नेछ । ओठें जवाफ दिन सकिएला, तर उहाँहरुको अन्तर्आत्माले उहाँहरुलाई जीवनभर पोलिरहने छ ।
झण्डामा गाई राख्न पाइने चुनाव चिन्ह बनाउन नपाउने ! ‘निर्वाचन आयोग र अदालतको वाह ! क्या गजबको निर्णय र न्याय !
अदालत र निर्वाचन आयोगलाई मेरो चुनौती छ–कुन कानुनले गाई चिन्ह नपाउने लेखेको छ ? दलले आफ्नो चिन्ह रोज्न र परिवर्तन गर्न कुन कानुनले रोकेको छ ? देखाउनुहोस्, जनताले पनि हेरोस्, बुझोस् ।
अदालतको फैसला मान्नु बाध्यता छ । मान्छु ।
देशमा एउटा बलियो राष्ट्रवादी हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भैरहेको देशीविदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र अन्तर्गतकै एउटा कडी हो राप्रपा नेपाललाई गाई नदिने निर्णय । तर, हामी हतोत्साहित वा विचलित भएका छैनौं । अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरु भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने छौँ । भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेछौँ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend