Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घनश्यामकाे नाम दुई क्षेत्रबाट आउँदा एमालेकाे नेतृत्व अप्ठ्याराेमा


    सोमबार, भाद्र २० २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालको नाम आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि रुपन्देहीका दुई निर्वाचन क्षेत्रबाट सिफारिश भएपछि जिल्ला नेतृत्वलाई सिफारिस सच्याउन दबाब परेको छ ।

    जिल्लाको क्षेत्र नम्वर १ र ३ नम्बर गरी दुई क्षेत्रबाट भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिश भई जिल्ला कमिटिमा पुगेको छ । पार्टीले क्षेत्र नम्वर १ र ३ बाट सिफारिश भई आएका भुसालको नाम एउटा मात्रै क्षेत्रबाट सिफारिश गराई प्रदेश कमिटिमा पठाउने गरी गरेको छलफल विवाद बढ्दा निश्कर्षबिहिन भएको छ । भोलि बिहान पुनः १० बजे बस्नेगरी रुपन्देही जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ । 

    बैठकमा नेताहरुले भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिश भए अनुसार २ क्षेत्रबाट पठाउँदा केन्द्रीय नेतृत्वको दबाब पर्ने देखेर भुसालको नाम रूपन्देही क्षेत्र नम्बर ३ बाट मात्रै पठाउने गरी छलफल अगाडि बढाएको भए तापनि भुसाललाई १ नम्बर क्षेत्रबाट निर्वाचन लडाउन चाहने स्थानीय नेतृत्व ३ बाट भुसालको नाम हटाएर १ मा मात्र सिफारिस गर्ने अडानमा रहँदा सहमति हुन नसकी आज दिनभर बसेको जिल्ला कमिटीको बैठक निश्कर्षविहीन भएको छ ।

    पार्टीका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र नम्बर २ , खिमलाल भट्टराईको क्षेत्र नम्बर ५ र पार्टीका सचिव तथा प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्माको क्षेत्र नम्बर १ बाट मात्रै उम्मेद्वारमा सिफारिश भइरहँदा पार्टीभित्र सधैं प्रतिपक्षको भुमिकामा रहेका नेता भुसालको नाम रुपन्देहीका दुईवटा क्षेत्रीय कमिटीले सिफारिश गरेपछि त्यसको असर लुम्बिनी प्रदेश कमिटीमा समेत पर्ने दखिएको छ ।

    भुसाललाई दबाबमा राख्न पार्टीको एउटा खेमाले भुसालको हाल प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र ३ मा स्थानीय नेताहरु बासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्वसांसद यज्ञजित शाहको नामसमेत सिफारिश गरिएको थियो । तर क्षेत्र नम्बर १ बाट समेत स्थानीय नेता कार्यकर्ताले भुसाललाई क्षेत्र नम्बर १ बाट चुनाब लडाउनुपर्ने भन्दै छबिलाल विश्वकर्मासँगै उनको नाम पनि सिफारिश गरेपछि यतिबेला जिल्ला कमिटी अनिर्णयको बन्दी भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार