Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई गोरखाबाट चुनाव लड्ने


    शनिबार, भाद्र १८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर-२ बाट  चुनाव लड्ने भएका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम पनि  भएको गोरखा क्षेत्र नम्बर-२ बाटै सिफारिस भएको छ ।

    भट्टराईले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गरे । यसअघि पनि उनले सोही क्षेत्रमा श्रेष्ठलाई पराजित गरेका थिए ।

    गृह जिल्ला गोरखाका पत्रकारहरूसँग  आज शनिबार कुराकानी गर्दै उनले यसअघि जितेको ठाउँबाट चुनाव लड्ने मापदण्डअनुसार सो क्षेत्रबाट आफू स्वतः उम्मेद्वार हुने दाबी गरे ।
    ‘यस अघिको निर्वाचनमा जसले जहाँबाट चुनाव जितेको हो उसले त्यही लिने भन्ने अन्तरिक समझदारी बनेको छ ।  पहिलो जसले जुन क्षेत्र जितेको छ त्यो लिने र एमालेले जितेको ठाउँ बाँडफाँट गर्ने सहमति भएकाले सोही अनुसार सिट बाँडफाँट हुने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार