Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी निर्वाचनको लागि अभिनेत्री रेखा थापाको नाम मोरङ ३ बाट सिफारिस


    शनिबार, भाद्र १८ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपाले आगामी  मंसिर ४ गते हुने निर्वाचनको लागि अभिनेत्री रेखा थापाको नाम सिफारिस गरेको छ । अभिनेत्री रेखा थापाको नाम मोरङ ३ बाट आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि सिफारिस भएको हो । नेपाली चलचित्रकी अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले  मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन् ।

    राप्रपाले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको छ । राप्रपा मोरङका अध्यक्ष माधव आचार्यले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको जानकारी दिए । थापाको गृहनगर मोरङ–३ सुन्दरहरैंचा हो । थापासँगै सोही क्षेत्रबाट राप्रपाबाट अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिस भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार