काठमाडौं । राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ ।
शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रश्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
नागरिकता बिधेयक राष्ट्रियसभाबाट पनि पारित भइसकेपछि अब सभामुख अग्निप्रसाद सापकोटाले लालमोहरका लागि राष्ट्रपतिकोमा पठाउनेछन् । सभामुखले प्रमाणित गरी पठाएको १५ दिनभित्र राष्ट्रपतिले लालमोहर लगाउनुपर्नेछ ।
उनले यसअघि नागरिकता बिधेयक पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन् । तर पुनर्बिचारका लागि पठाएको बिधेयक जस्ताको तस्तै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend